logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   07:22 AM

  • ‘डिजिटल कर्णाली कन्क्लेभ २०२४’ आयोजना हुँदै

    ‘डिजिटल कर्णाली कन्क्लेभ २०२४’ आयोजना हुँदै


    पर्यटन नेपाल

    बिहिबार, ३ फाल्गुन २०८०


    काठमाडौँ । कर्णाली कन्क्लेभ २०२४ आयोजना हुने भएको छ । सुर्खेतको विरेन्द्रनगरस्थित सिद्धार्थ रिसोर्टमा फागुन १८ र १९ गते कर्णाली कन्क्लेभ २०२४ आयोजना हुने भएको हो ।

    उक्त कन्क्लेभमा ४० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूको सहभागिता हुने जनाइएको छ ।कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय र आइसिटी फाउन्डेसन नेपालको संयुक्त आयोजनामा यो कन्क्लेभ दुई दिन हुने भएको छ ।

    कर्णाली प्रदेशको डिजिटलाइजेसन र डेभलपमेन्टको थिममा केन्द्रित रहने यो कार्यक्रममा ५० भन्दा बढी विज्ञ र सरोकारवालाहरू रहने आयोजकले जनाएको छ ।कन्क्लेभमा ४ वटा महत्त्वपूर्ण किनोट प्रस्तुति र ६ वटा प्यानल सेसनहरू रहेका छन् ।

    कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण बहादुर जिसीका अनुसार २ दिने कन्क्लेभले प्रदेशको लागि डिजिटल रोडम्याप बनाउनको लागि पनि सहयोग पुर्‍याउने छ ।

    उक्त कार्यक्रममा सङ्घीय सरकार, प्रदेश र स्थानीय सरकारका प्रतिनिधिहरुर अन्य ६ प्रदेशबाट सम्बन्धित मन्त्री र सचिवहरूको उपस्थिति रहने छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend