logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:26 AM

  • स्थानीय तहलाई प्याराग्लाइडिङ र जिपलाइन नियमनको जिम्मा

    स्थानीय तहलाई प्याराग्लाइडिङ र जिपलाइन नियमनको जिम्मा


    पर्यटन नेपाल

    शुक्रबार, ४ फाल्गुन २०८०


    काठमाडौँ । प्याराग्लाइडिङ र जिपलाइनसम्बद्ध सेवाको नियमन स्थानीय तहलाई नै दिइने भएको छ ।

    स्थानीय सरकार सञ्चालन ऐन २०७४ संशोधनका लागि तयार भएको विधेयकको मस्यौदामा प्याराग्लाइडिङ र जिपलाइनको नियमन र व्यवस्थापन स्थानीय तहलाई तोक्न प्रस्ताव भएको हो ।

    विधेयकमा संघीय सरकारले निर्धारण गरेको मागदण्ड अनुसार मात्रै आफ्ना क्षेत्रभित्र स्थानीय तहले पर्यटकीय र सांस्कृतिक क्षेत्र घोषणा गर्न पाउने व्यवस्था पनि प्रस्ताव गरिएको छ ।

    हाल ऐनमा स्थानीय सरकारले चाहेमा मापदण्डविना नै यस्तो घोषणा गर्न सक्ने व्यवस्था छ ।

    ऐनमा स्थानीय तहले अब संघ र प्रदश सरकारको कानुन विपरीत नहुने गरी सहकारी संस्थासम्बन्धी नीति, कानुन मापदण्ड निर्माण, कार्यान्वयन र नियमन गर्न सक्ने उल्लेख छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend