logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   05:58 AM

  • नेपालगन्ज-जनकपुर जोड्न ‘चार्टड उडान’

    नेपालगन्ज-जनकपुर जोड्न ‘चार्टड उडान’


    पर्यटन नेपाल

    शनिबार, ५ फाल्गुन २०८०


    काठमाडौँ । नेपालगन्ज-जनकपुरलाई सिधा जोड्न ‘चार्टड उडान’ गरिएको छ ।

    धार्मिक पर्यटन प्रवर्द्धनका लागि भन्दै नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेण्ट्स (नाट्टा) बाँके च्याप्टरको अगुवाइमा यति एयरलाइन्सले सिधा उडान भरेको हो ।

    नेपालगन्जबाट शनिबार दिउँसो उडेको यति एयरलाइन्सको जहाज अपराह्न जनकपुर विमानस्थलमा अवतरण गरेको थियो ।

    नाट्टा बाँके च्याप्टर अध्यक्ष सिग्देलका अनुसार शनिबार ७२ जनालाई लिएर नेपालगन्जदेखि जनकपुर सिधा चार्टड उडान गरिएकाे थियाे । चार्टड उडानमा नाट्टा बाँकेले प्रतिव्यक्ति एकतर्फी भाडा ८ हजार ५ सय निर्धारण गरिएकाे छ ।

    उक्त टोली  लुम्बिनी प्रदेशका सहरी विकास मन्त्री कृष्णा केसी नमुना, प्रदेश सांसद अम्बिका काफ्ले, नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट र उपमेयर कमरुद्धिन राई, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामीसहित पदाधिकारी, नाट्टा बाँके च्याप्टर अध्यक्ष श्रीराम सिग्देलसहित पदाधिकारी, अन्य उद्योगी, व्यवसायी, पर्यटनकर्मी, धार्मिक व्यक्ति लगायत रहेका थिए ।

    नेपालगन्जबाट पुगेको उक्त टोली जानकी मन्दिर दर्शन पश्चात् शनिबार बेलुका सोही जहाजमार्फत फर्केको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend