logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:26 AM

  • बूढानीलकण्ठमा सांस्कृतिक महोत्सव

    बूढानीलकण्ठमा सांस्कृतिक महोत्सव


    पर्यटन नेपाल

    मंगलबार, ८ फाल्गुन २०८०


    काठमाडौँ । बूढानीलकण्ठ नगरपालिकामा शुक्रबारदेखि सांस्कृतिक–साहित्यिक महोत्सव हुने भएको छ ।

    नगरभित्रका संस्कृति, रैथाने बाजागाजा, विभिन्न रचना उजागार गर्न र नगरलाई संस्कृतिमय बनाउने उद्देश्यले महोत्सव गर्न लागिएको हो ।

    पहिलो दिनको महोत्सव बूढानीलकण्ठ–१३ चुनिखेलमा तथा दोस्रो दिनको महोत्सव बूढानीलकण्ठ नारायणस्थान मन्दिर परिसरमा हुनेछ । यहाँ आयोजित पत्रकार सम्मेलनमा नगरपालिकाका उपप्रमुख तथा महोत्सव संयोजक अनिता लामाले नगरभित्रको कला संस्कृतिको जर्गेना गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको बताइन् ।

    उनले भनिन्, ‘महोत्सव गर्नुको मुख्य उद्देश्य यस क्षेत्रको कला, संस्कृति र भाषाशैलीको प्रवद्र्धन गर्नु हो ।’ महोत्सवबाट कला साहित्यमा रुचि राख्ने युवा तथा बालबालिकालाई सहयोग पुग्ने उपप्रमुख लामाको भनाइ थियो ।

    महोत्सवमा विद्यालयस्तरका बालबालिकाको सृजनालाई पनि स्थान दिइने उनले बताइन् ।

    नगरपालिकाका प्रमुख मीठाराम अधिकारीले महोत्सवले बूढानीलकण्ठ नगरपालिकाको सांस्कृतिक प्रवद्र्धनमा टेवा पुग्ने बताइन् । कार्यक्रममा वरिष्ठ कलाकार हरिवंश आचार्य, साहित्यकार झमक घिमिरे, सुविन भट्टराई, विवेक ओझालगायत साहित्यिक क्षेत्रका विशिष्ट व्यक्तिको उपस्थिति रहनेछ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend