logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:26 AM

  • लुक्ला उडेको हेलिकोप्टर किन फर्कियो ९ मिनेटमै काठमाडौँ ?

    लुक्ला उडेको हेलिकोप्टर किन फर्कियो ९ मिनेटमै काठमाडौँ ?


    पर्यटन नेपाल

    शुक्रबार, ११ फाल्गुन २०८०


    काठमाडौँ । काठमाडौँबाट लुक्ला उडेको एयर डाइनेष्टीको हेलिकोप्टर ९ मिनेटमा नै फेरि काठमाडौँ फर्किएको छ ।

    नाइन एन एजेडी कलसाइन काठमाडौँबाट ८ः१४ बजे लुक्लाका लागि उडेको उक्त हेलिकोप्टर ८ः२३ मिनेटमा नै काठमाडौँमा ल्याण्ड गरेको हो ।

    हेलिकोप्टर बीच बाटोबाटै फर्किनुको कारण प्राविधिक गडबडी भनिएको छ । तर कस्तो खालको प्राविधिक समस्या हो भन्ने खुलाइएको छैन ।

    लुक्लातर्फको मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend