logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   06:59 AM

  • कृषि विकास बैंकले माग्यो ११२ जना कर्मचारी (सूचनासहित)

    कृषि विकास बैंकले माग्यो ११२ जना कर्मचारी (सूचनासहित)


    पर्यटन नेपाल

    शुक्रबार, ११ फाल्गुन २०८०


    काठमाडौँ । कृषि विकास बैंकले विभिन्न पदमा ११२ जना कर्मचारी माग गरेको छ ।

    शुक्रवार बैंकले सूचना प्रकाशन गर्दै शाखा अधिकृतदेखि लेखापालसम्म ११२ जना कर्मचारी पदपूर्ति गर्न दरखास्त आह्वान गरेको हो ।

    बैंकले २ जना शाखा प्रमुख, २ जना वरिष्ठ लेखा अधिकृत, ३२ जना व्यवसाय अधिकृत, २ जना कम्प्युटर अधिकृत, १ जना आइटी इन्जिनियर, ६ जना कर्जा अधिकृत, १६ जना व्यवसाय सहायक, एक जना कानुन सहायक, ३ जना कर्जा सहायक, १ जना ओभरसियर र ४६ जना लेखापालका लागि आवेदन खुलाएको हो ।

    उक्त पदका लागि योग्यता पुगेका नागरिकले आजदेखि चैत १ गतेसम्म अनलाइनमार्फत आवेदन फाराम भर्न सक्नेछन् ।

    हेर्नुहोस् यस्तो छ बैंकले जारी गरेको सुचना :

    krishi-bikash-bank-1708652443.jpg

    krishi-bikash-bank1-1708652443.jpg

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend