काठमाडौँ । यती एयरलाइन्स जहाजको इन्जिनमा समस्या देखिएपछि जहाज ‘पार्किङ वे’मा फर्काइएको छ ।
इन्डिकेसनले प्राविधिक समस्याको सङ्केत गरेपछि धावनमार्गको होल्डिङ क्षेत्रमा पुगिसकेको जहाज पुनः ‘पार्किङ वे’मा फर्काइएको हो ।
यतीको एनवाइटी ७८७ जहाज ८:३० बजे विराटनगर उड्ने तयारीमा थियो । यतिले भने उक्त जहाज मर्मतपछि विराटनगर पुगेर फर्किसकेको जनाएको छ ।