logo

बुधबार, १२ कार्तिक २०८३

logo

बुधबार, १२ कार्तिक २०८३   |   03:59 PM

  • चन्द्रागिरि केबलकारमा आपत्कालीन उद्धार अभ्यास सञ्चालन

    चन्द्रागिरि केबलकारमा आपत्कालीन उद्धार अभ्यास सञ्चालन


    पर्यटन नेपाल

    मंगलबार, १५ फाल्गुन २०८०


    काठमाडौँ । चन्द्रागिरि केबलकारमा आपत्कालीन उद्धार अभ्यास सञ्चालन भएको छ ।

    सशस्त्र प्रहरी बल (एपीएफ) नम्बर ९ पशुपतिनाथ बाहिनी मुख्यालय बलम्बु काठमाडौँको आयोजना र चन्द्रागिरि हिल्स प्रालीको सहकार्यमा सो अभ्यास सञ्चालन भएको हो ।

    तीन दिनसम्म सञ्चालन भएको कार्यक्रम कृत्रिम घटनाक्रममा आधारित ‘सिमुलेसन’ अभ्यास गरी सम्पन्न भएको हो ।

    उक्त कार्यक्रममा पशुपतिनाथ बाहिनी मुख्यालयका बाहिनीपति पुरुषोत्तम थापा, चन्द्रागिरि हिल्सका कार्यकारी निर्देशक अरुण प्रधान लगायत काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रतिनिधि, उपत्यका स्थित सप्रबल, नेपालका गणहरू तथा गुल्मका प्रमुखहरू, स्थानीय जनप्रतिनिधिहरू र सञ्चारकर्मीहरूको उपस्थित रहेको थियो ।

    उक्त उद्धार अभ्यासमा पशुपतिनाथ बाहिनी मुख्यालयको तर्फबाट सशस्त्र प्रहरी नायव उपरीक्षक कमल बहादुर अधिकारीको कमान्डमा विपद् व्यवस्थापन तालिम प्राप्त २६ जना र चन्द्रागिरि हिल्सको तर्फबाट मेकानिकल इन्जिनियर मधुकर बलामीको कमान्डमा ८ जना गरी जम्मा ३४ जना उद्धारकर्ताहरू सहभागी थिए ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  |  Privacy Policy  |  Our Team  |  Contact  |  Site By : SobizTrend