काठमाडौँ । नेपाल वायुसेवा संचालक संघको अध्यक्ष मनोज कार्की चयन भएको छन् ।
संघको बिहीबार भएको २३ औं वार्षिक साधारण सभाले आगामी २ वर्षका लागि समिट एयरका प्रवन्ध निर्देशक तथा संघका महासचिब कार्कीलाई निर्विरोध अध्यक्ष चयन गरेको हो ।
संघको महासचिवमा यती एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुवास सापकोटा, वरिष्ठ उपाध्यक्षमा कैलाश हेलिकोप्टरका प्रबन्ध निर्देशक प्रतापजंग पाण्डे, कोषाध्यक्षमा बुद्ध एयरका वरिष्ठ बजार निर्देशक रुपेश जोशी, प्रथम उपाध्यक्षमा अल्टिच्यूड एयरका प्रबन्ध निर्देशक निमानुरु शेर्पा र उपाध्यक्षमा श्री एयरलाइन्सका कर्पोरेट प्रबन्ध अनिल मानन्धर चयन भएका छन् ।