काठमाडौँ । नेपाल आयल निगमले भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको जनाएको छ ।
निगमका अनुसार इण्डियन आयल कर्पोरेशनले पठाएको नयाँ खरिद मूल्यसूची अनुसार पेट्रोल र डिजेलको मूल्य प्रति लिटर क्रमशः ०.२१ र ०.८५ ले बढेर आएको छ ।
‘उपभोक्ताको हितलाई ध्यानमा राखी हाललाई पेट्रोल, डिजेलरमट्टितेल, हवाई इन्धन तथा एलपि ग्यासको साबिकको खुद्रा बिक्री मूल्य यथावत् राखिएको छ’, निगमले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
साथै, एसपीग्यासको मूल्य पनि प्रति सिलिण्डर २१.६६ ले बढेर आएको छ । तर, निगमले हाललाई खुद्रा मूल्य नबढाई यथावत् राख्ने निर्णय गरेको विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
यद्यपि मूल्य बढ्दा ग्यासको भाउ प्रति सिलिण्डर ३२५.०९ रुपैयाँ घाटा रहेको निगमको भनाइ छ ।