logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:25 AM

  • होटल फेयरफिल्ड काठमाडौँले सातौं बार्षिकोत्सव मनाउँदै

    होटल फेयरफिल्ड काठमाडौँले सातौं बार्षिकोत्सव मनाउँदै


    पर्यटन नेपाल

    आइतबार, २० फाल्गुन २०८०


    काठमाडौँ । नेपालको पहिलो म्यारिअट ब्राण्डेड होटल फेयरफिल्ड वाई म्यारिअटले आफ्नो सातौं बार्षिकोत्सव मनाउँदैछ ।

    वितेका सात वर्षमा फेयरफिल्ड काठमाडौँले न्यानो आथित्यताका साथमा पस्केको लक्जरी, आरामदायिता र साँस्कृतीक विविधताको अद्धितीय अनुभव गरेका हजारौँ स्वदेशी तथा विदेशी पर्यटकहरुले यस होटलको खुलेर प्रशंसा गर्दै आएका छन् ।

    सात वर्ष अगाडी नेपालमा अन्तर्राष्ट्रिय ब्राण्ड म्यारिअटलाई भित्र्याएर यस होटलले नेपालको पर्यटन क्षेत्रकै समग्र आथित्यता सेवाको स्तरवृद्धि गर्न सफल भएको हो ।

    फेयरफिल्ड काठमाडौँमा आथित्य सेवाका लागि तिन उत्कृष्ठ रेष्टुराँहरु रहेका छन् । अल डे डाईनिङ्ग रेष्टुराँ काभा, जापानीज रेष्टुराँ काकु काकु सिका जिका र मेडिटेरिअन ओचो स्काई लाउन्ज खानाको उत्कृष्ठ स्वादका साथमा आथित्यताको उच्चतम अनुभव पस्किन सदैब तत्पर रहँदै आएका छन् ।

    काभामा नेपाली, ईण्डियन र वेष्टर्न खानाहरु पस्किने गरिएको छ । भने काकु काकु सिका जिकामा सुसी रोल, टेपनयाकी जस्ता प्रसिद्ध जापानी खाना पाईन्छ । ओचो स्काई लाउन्जमा भने काठमाडौँ शहरको रङ्गिन वातावरण नियाँल्दै इटालियन र स्पेनिस खानको स्वाद लिने अवसर मिल्नेछ । यद्यपि कुनै पनि रेष्टुराँमा बसेर कुनै पनि मेन्युबाट खानाको अर्डर गर्न सकिने अवसर फेयरफिल्डले दिँदै आएको छ ।

    काठमाडौँका मुटु मानिने ठमेलको मुखैमा रहेको फेयरफिल्डबाट काठमाडौँ दरबार स्क्वायर दश मिनेटको दुरीमा पर्छ भने दरबारमार्ग पाँच मिनेट भन्दा कमको पैदल यात्रामा पुग्न सकिन्छ । काठमाडौँका स्थानीय जीवनलाई नजिकबाट नियाँल्दै यहाँको रात्री जिवन होस् या सांस्कृतिक विविधताको अनुभूति गर्न चाहने पर्यटक हुन् सबैलाई पायक पर्ने फेयरफिल्ड हरेक वर्ग र उमेर समूहका पर्यटकको साझा रोजाई बन्दै आएको छ ।

    विश्व प्रसिद्ध होटल ब्राण्ड म्यारिअट बोनभोईको अनुपम आथित्यता र लक्जिरी अनुभूति गर्न चाहने स्वदेशी तथा विदेशी पाहुनालाई आफ्नो सात बर्षे यात्रा सफल बनाईदिएकोमा धन्यवाद ज्ञापन गर्दै काठमाडौँ म्यारिअट होटल तथा फेयरफिल्ड काठमाडौँका क्लस्टर डाईरेक्टर सेल्स एण्ड मार्केटिङ् वरुण कमरा भन्छन्, ‘यहाँहरूको साथ र सहयोग विना यो सफलता सम्भव थिएन, यो अभूतपूर्व सहयोगका लागि हार्दिक धन्यवाद । आगामी दिनमा हाम्रो सेवा र सुविधालाई अझ विस्तार गरेर लैजाने प्रतिबद्धता जनाउँछौँ ।’

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend