logo

शनिबार, २७ भाद्र २०८३

logo

शनिबार, २७ भाद्र २०८३   |   12:53 PM

  • सगरमाथा आरोहीका लागि ‘इलेक्ट्रोनिक चिप’ अनिवार्य, कति डलर तिर्नुपर्छ ?

    सगरमाथा आरोहीका लागि ‘इलेक्ट्रोनिक चिप’ अनिवार्य, कति डलर तिर्नुपर्छ ?


    पर्यटन नेपाल

    आइतबार, २० फाल्गुन २०८०


    काठमाडौँ । सगरमाथा आरोहीहरूका लागि ‘इलेक्ट्रोनिक चिप’ अनिवार्य गरिएको छ । पर्यटन विभागले यही सिजनबाट सगरमाथा आरोहीहरूका लागि चिप अनिवार्य गरेको हो ।

    आरोहणका क्रममा हुने दुर्घटना र हराएकाहरूको खोजी र उद्धारमा सहजीकरणका लागि चिप अनिवार्य लगाउनुपर्ने व्यवस्था गरिएको विभागले जनाएको छ ।

    पर्वतारोहीका लागि यस्तो चिप सम्बन्धित एजेन्सीले उपलब्ध गराउनु पर्नेछ । यसका लागि आरोहीले १० देखि १५ अमेरिकी डलर तिर्नु पर्नेछ ।

    चिप ‘पेन ड्राइभ’ आकारको हुनेछ । यसलाई आरोहीले ज्याकेटमा राख्नपर्छ । सगरमाथा चढेर फर्किएपछि चिप सम्बन्धित एजेन्सीलाई बुझाउनुपर्नेछ । त्यही चिप अर्को सिजनलाई काम लाग्छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  |  Privacy Policy  |  Our Team  |  Contact  |  Site By : SobizTrend