logo

शनिबार, २७ भाद्र २०८३

logo

शनिबार, २७ भाद्र २०८३   |   11:25 AM

  • यती एयरलाइन्सका जहाजमा पुनः जीवित जनावर बोक्न पाइने

    यती एयरलाइन्सका जहाजमा पुनः जीवित जनावर बोक्न पाइने


    पर्यटन नेपाल

    सोमबार, २१ फाल्गुन २०८०


    काठमाडौँ । यती एयरलाइन्सका जहाजमा अब जीवित घरपालुवा जनावर ओसार पसार गर्न पाइने भएको छ ।

    यतिले सोमबार सूचना जारी गर्दै अब जीवित घरपालुवा जनावर लैजान पाइने जनाएको हो ।  जहाजले कोभिड-१९ महामारीसँगै जनावरको ओसारपसार गर्न निषेध गरेको थियो ।

    जनावर लैजाँदा जनावरलाई खोप लगाएको कार्ड बोक्नु पर्ने छ । सम्भव भएसम्म बिरालो वा कुकुर राख्न मिल्ने खोर समेत साथमा लैजान यतिले आग्रह गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  |  Privacy Policy  |  Our Team  |  Contact  |  Site By : SobizTrend