logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   07:46 AM

  • ४ मन्त्रालयमा रास्वपाको दाबी, गृह मन्त्रालय नछाड्ने अडान

    ४ मन्त्रालयमा रास्वपाको दाबी, गृह मन्त्रालय नछाड्ने अडान


    पर्यटन नेपाल

    मंगलबार, २२ फाल्गुन २०८०


    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गृह मन्त्रालयसहित ४ मन्त्रालयको दाबी गरेको छ ।

    गृह मन्त्रालयलाई बटमलाइन बनाएर न्यूनतम ४ मन्त्रालय पाउनु पर्ने रास्वपाको दाबी रहने पार्टी उपसभापति स्वर्णिम वाग्लेले बताए ।

    गृहमा अरूको पनि दाबी भएता पनि रास्वपाले चाहिँ नछाड्ने उपसभापति वाग्लेको भनाइ छ । सो मन्त्रालयको नेतृत्व भने रवि लामिछानेले नै गर्ने उनले बताए ।

    उनले भने, ‘एमालेको दाबी होला तर गृह त हामी छोड्दैनौँ । गृह त हाम्रो बटम लाइन नै हो । यत्रो मूल्य चुकाएर पुराना पार्टीमा जानु छ । गृह नै पाइएन भने त औचित्य नै हुँदैन ।’

    मन्त्रालय भागबन्डाका लागि सत्ता गठबन्धन दलहरूको बैठक आज दिउँसो बस्दै छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend