logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:29 AM

  • आज देशभरिको मौसम सफा रहने

    आज देशभरिको मौसम सफा रहने


    पर्यटन नेपाल

    मंगलबार, २२ फाल्गुन २०८०


    काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेको छ ।

    आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने मौसमविद् सरोज पुडासैनीले बताए ।

    उनका अनुसार गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । वर्षा आजको लागि छैन, मौसम आज सफा नै रहने छ । आज रातिबाट बादल लाग्ने छ ।

    काठमाडौँको अहिलेको वायुको तापक्रम १४ डिग्री सेन्टिग्रेड मापन गरिएको तथा पारदर्शिता छ किलोमिटर रहेको छ ।

    आजको न्यूनतम तापक्रम सात दशमलव छ डिग्री सेन्टिग्रेड रहेको तथा आज अधिकतम तापक्रम २३ देखि २५ डिग्री सेन्टिग्रेडको बीचमा रहने मौसमविद् पुडासैनीले बताए ।

    यसैगरी आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।

    गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend