logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:28 AM

  • त्रिशूलीमा बस खस्दा ७ जनाको मृत्यु, ३० भन्दा बढी घाइते

    त्रिशूलीमा बस खस्दा ७ जनाको मृत्यु, ३० भन्दा बढी घाइते


    पर्यटन नेपाल

    बुधबार, २३ फाल्गुन २०८०


    मलेखु ।  धादिङको गजुरी गाउँपालिका–५ घाटबेँसीमा बस दुर्घटनामा भएकाे छ । बुधबार बिहान रुपन्देहीबाट काठमाडौँतिर आउँदै गरेको लु २ ख २१२१ नम्बरकाे बस बिहान ४:४१ बजे सडकबाट करिब १०० मिटर तल त्रिशूलीमा खसेको हो । दुर्घटनामा सात जनाको घटनास्थलमै मृत्यु भएको छ ।

    दुर्घटनामा ३० जनाभन्दा बढी घाइते भएका छन् भने ३८ जनाको उद्धार गरिएको छ । घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा स्थानीय उद्धारमा खटिरहेका छन् ।

    सशस्त्र प्रहरी, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार चितवनको टोली पनि उद्धारमा पुगेको छ ।

    बस चालक रुपन्देही लुम्बिनी संस्कृति नगरपालिका–९ का ३८ वर्षीय हरिराम हरिजनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतकको सनाखत हुन बाँकी छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend