काठमाडौँ । नेपाल वायुसेवा निगमले ग्राउन्ड ह्यान्डलिङ सेवामा अन्तर्राष्ट्रिय गुणस्तरको प्रमाणपत्र पाएको छ ।
प्रमाणपत्र पाएसँगै ग्राउन्ड ह्यान्डलिङ सेवाको गुणस्तर ‘आइएटिए सेफ्टी अडिट फर ग्राउण्ड अपरेसन’ बाट प्रमाणीकरण भई दुई वर्षका लागि नवीकरण समेत भएको छ ।
आइटिए–आइएसएजीओको नियमानुसार दुईरदुई वर्षमा गरिने अडिटको लागि आइएटिएका आधिकारिक अडिटर्सले अडिट गरेपछि निर्धारित सबै मापदण्ड पूरा गरेको हुनाले यो प्रमाणपत्र प्रदान गरिएको निगमले जनाएको छ ।
ग्राउण्ड ह्यान्डलिङ सेवाको लागि निगमले विगत सन् २०१६ अगष्ट २६ देखि प्रमाणपत्र प्राप्त गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्ड ह्यान्डलिङ सेवा प्रदान गर्दै आइरहेको छ ।
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्य वायुसेवाहरूको समेत अन्तर्राष्ट्रिय उडानहरूमा ग्राउन्ड ह्यान्डलिङ सेवा नेपाल एयरलायन्सले नै दिँदै आएको छ ।