logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   07:45 AM

  • आज राष्ट्रिय सभा अध्यक्षकाे निर्वाचन हुँदै, काँग्रेस र माओवादीबीच प्रतिस्पर्धा

    आज राष्ट्रिय सभा अध्यक्षकाे निर्वाचन हुँदै, काँग्रेस र माओवादीबीच प्रतिस्पर्धा


    पर्यटन नेपाल

    मंगलबार, २९ फाल्गुन २०८०


    काठमाडौँ । आज राष्ट्रिय सभा अध्यक्ष पदका लागि निर्वाचन हुँदैछ ।

    संघीय संसद् भवन नयाँ बानेश्वरमा मंंगलबार (आज)  बिहान ११:९ बजे राष्ट्रिय सभाको बैठक बस्दै छ । उक्त बैठकले चुनावको प्रक्रिया अघि बढाउने छ ।

    अध्यक्षका लागि सत्ता गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का सांसद नारायण दाहाल र नेपाली काँग्रेसका सांसद युवराज शर्माले उम्मेदवारी दर्ता गराएका छन् ।

    दाहालको प्रस्तावक माओवादीका सांसद गोपीबहादुर सार्की छन् भने शर्माको प्रस्तावक काँग्रेस सांसद आनन्दप्रसाद ढुंगाना रहेका छन् ।

    त्यस्तै दाहालको समर्थकमा एमालेका सांसद देवेन्द्र दाहाल, नेकपा (एकीकृत समाजवादी) का सांसद बेदुराम भुसाल र जसपा सांसद मोहम्मद खालिद छन् । शर्माको समर्थकमा काँग्रेसका सांसद किरणबाबु श्रेष्ठ रहेका छन् ।

    काँग्रेसलाई राष्ट्रिय सभामा लोकतान्त्रिक समाजवादी पार्टीले पनि साथ दिएको छ । उम्मेदवार शर्माको समर्थकमा लोसपाका सांसद शेखरकुमार सिंह रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend