logo

बुधबार, १२ कार्तिक २०८३

logo

बुधबार, १२ कार्तिक २०८३   |   11:27 PM

  • केटीपक्षले केटालाई सुनको सिक्री नदिँदा टुट्यो स्वयंवर भइसकेको विवाह !

    केटीपक्षले केटालाई सुनको सिक्री नदिँदा टुट्यो स्वयंवर भइसकेको विवाह !


    पर्यटन नेपाल

    मंगलबार, २९ फाल्गुन २०८०


    जनकपुरधाम । वीरगञ्जमा दुलही पक्षले विवाहमा सुनको सिक्री नदिँदा भएको विवादले स्वयंवर भइसकेको विवाह टुटेको छ ।

    वीरगञ्ज महानगरपालिका-२४ स्थित रानीघाटका सुखल साहकी छोरी रमिता र बाराको कलैया उपमहानगरपालिका ४ का २६ वर्षीय उमेश साहको विवाह थियो । विवाहमा ‘पैरक्षण’ विधिको क्रममा दुलही पक्षले दुलाहालाई सिक्री नदिँदा भनाभन भएको थियो । त्यसै विवादले विवाह टुटेको हो ।

    विवादको क्रममा हात हालाहाल समेत भएको थियो । घटनापछि स्थानीय प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले तत्काल दुलाहा पक्षका ६ जनालाई नियन्त्रणमा लिएको छ ।

    दुलाहा पक्षले दाइजो नदिँदा विवाह तोडेको भन्दै दुलही पक्षको मौखिक उजुरीपछि घटनामा प्रहरीले दुलाहासहित ६ जनालाई पक्राउ गरेको छ ।

    बेहुला उमेश वीरगंज महानगरको स्वास्थ्य शाखामा कम्प्युटर अपरेटरको रूपमा कार्यरत छन् । बेहुली रमिता समेत वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा करारमा जागिर गरिरहेकी छन् । दुवै जना केही वर्षदेखि प्रेम सम्बन्धमा थिए। पछि दुवै परिवार मागी विवाह गर्न तयार भएका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  |  Privacy Policy  |  Our Team  |  Contact  |  Site By : SobizTrend