काठमाडौँ । चालु वर्षको सात महिनामा पर्यटक भ्रमणबाट ३२ अर्ब २४ करोड विदेशी मुद्रा भित्रिएको छ ।
नेपाल राष्ट्र बैंकको प्रतिवेदन अनुसार यो वर्ष भ्रमण आयमा उल्लेख्य सुधार आएको छ। नेपाल आउने पर्यटकको संख्या बढेसँगै गत वर्षको सोही अवधिको तुलनामा भ्रमण आय १०७ प्रतिशतले बढेको हो ।
गत आर्थिक वर्षको सात महिनामा १५ अर्ब ५४ करोड रूपैयाँ भ्रमण आय भएको थियो । त्यस्तै नेपालबाट विदेशमा भ्रमण गर्न जानेहरू पनि बढेका छन् । यस्तो संख्या बढेको कारण भ्रमण व्यय पनि ५६.६ प्रतिशले बढेको छ ।
सात महिनाको अवधिमा भ्रमण व्यय ६२ अर्ब ५७ करोड रूपैयाँ पुगेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
यसमध्ये शिक्षातर्फको व्यय ४३ अर्ब ७४ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय ३९ अर्ब ९६ करोड रहेकोमा शिक्षातर्फको व्यय २२ अर्ब ६० करोड रहेको थियो ।