logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:27 AM

  • काठमाडौँ आउँदै गरेको बस बागलुङमा दुर्घटना हुँदा ७ जनाको मृत्यु, ३० घाइते

    काठमाडौँ आउँदै गरेको बस बागलुङमा दुर्घटना हुँदा ७ जनाको मृत्यु, ३० घाइते


    पर्यटन नेपाल

    सोमबार, ५ चैत्र २०८०


    काठमाडौँ । काठमाडौँ आउँदै गरेको बस दुर्घटना भएको छ । रुकुम पश्चिमबाट मध्य पहाडी लोकमार्ग हुँदै काठमाडौँ आउँदै गरेको बागमती प्रदेश ०१-००६ ख ३८७९ नम्बरको रात्रिबस बागलुङमा दुर्घटना भएको हो ।

    उक्त दुर्घटनामा ७ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् । बस सोमबार (आज) साँझ ६ बजे बागलुङको निसीखोला गाउँपालिका- ६ जाउलेपानीमा दुर्घटना भएको हो । बसमा कति जना थिए भन्ने पनि यकिन भइसकेको छैन ।

    बस सडक देखी अन्दाजी १५० मिटर तल खसेको छ । घाइतेहरूको अहिले उद्धार कार्य जारी छ । हाल सम्म ७ जना घाइतेहरूलाई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङ पठाइएको छ ।

    घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खटिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend