logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:01 AM

  • कतार एयरको जहाजले गर्‍यो ‘ओभरसुट’

    कतार एयरको जहाजले गर्‍यो ‘ओभरसुट’


    पर्यटन नेपाल

    बिहिबार, १८ असोज २०८०


    काठमाडौँ । कतारको दोहाबाट काठमाडौँ आएको कतार एयरको जहाजले ‘ओभरसुट’ गरेको छ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान ७ : १२ बजे अवतरण हुनै लाग्दा सो जहाजले ओभरसुट गरेको हो ।

    जहाज ल्यान्ड गर्न निश्चित उचाइमा आएपछि रनवे देखिनुपर्छ । नदेखेको अवस्थामा उसले ल्यान्ड गर्ने कि फेरि एक राउन्ड लगाएर पुनः ल्यान्ड गर्ने भन्ने निर्णय गर्छ । सो प्रक्रियालाई ओभरसुट भनिन्छ ।

    लगातार वर्षाका कारणले कतार एअरको जहाजले ल्यान्ड गर्ने समयमा कम भिजिबिलिटीका कारण रनवे नदेखेपछि ओभरसुट गरेको हो ।

    यसरी ओभरसुट गरेको जहाजले एक राउन्ड लगाएर करिब २० मिनेटको समयावधिमा पुनः अवतरण गर्ने गरेको विमानस्थलले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend