logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:27 AM

  • काठमाडौँमा हल्का वर्षा, बढ्यो चिसो

    काठमाडौँमा हल्का वर्षा, बढ्यो चिसो


    पर्यटन नेपाल

    बुधबार, ७ चैत्र २०८०


    काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।

    जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बागमती, कोशी र मधेस प्रदेशका अधिकांश भू-भागमा वर्षा भइरहेको छ ।

    काठमाडौँको कपन, बूढानीलकण्ठ र गोकर्णेश्वरको धाप, भक्तपुरको नगरकोट लगायतका ठाउँमा आज बिहानैदेखि पानी परिरहेको छ । बागमतीको सिन्धुली, मकवानपुर जिल्ला र आसपासका ठाउँहरूमा पनि छिटपुट वर्षा भइरहेको छ ।

    त्यस्तै राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

    कोशी, मधेश, बागमती र गण्डकी प्रदेशसहित देशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ ।

    कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । पानी परेपछि चिसो केही बढेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend