logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:29 AM

  • पश्चिम बङ्गालका पर्यटन व्यवसायीसँग काठमाडौँमा अन्तरक्रिया

    पश्चिम बङ्गालका पर्यटन व्यवसायीसँग काठमाडौँमा अन्तरक्रिया


    पर्यटन नेपाल

    बिहिबार, ८ चैत्र २०८०


    काठमाडौँ । नेपाल पर्यटन बोर्डले भारतीय सीमा क्षेत्रमा (क्रस (ब्रडर्र) पर्यटन) नेपालको पर्यटन प्रर्वद्धन गर्न पश्चिम बङ्गालका पर्यटन व्यवसायीहरुसँग अन्तरक्रिया गरेको छ ।

    अन्तरक्रियामा क्रस बोर्डर पर्यटन प्रर्वद्धनमा जोड दिन सके यसबाट दुवै देशले फाइदा लिन सक्ने व्यवसायी तथा बोर्डका अधिकारीहरुले बताएका छन् ।

    ८ औँ बंगाल टार्वल मार्ट (बीटिएम-२०२४) को प्रचार प्रसार तथा नेपाली व्यवसायीसँग अन्तरक्रियाको लागि नेपाल आएको सिलिगुडीस्थित इष्टर्न हिमालय ट्राभल्स एण्ड टुर एशोसिएशन (इथवा) का पदाधिकारीहरुसँग बुधबार बोर्डमा अन्तरक्रिया आयोजना गरिएको थियो । (इथवा) को आयोजनामा सेप्टेम्बर १४ देखि १५ तारिखसम्म सिलगुडिमा ८ औँ बंगाल टार्वल मार्ट (बीटिएम-२०२४) हुन लागेको छ ।

    सो अवसरमा पर्यटन बोर्डका प्रबन्धक सूर्य थपलियाले पश्चिम बंगाल र खासगरी, दार्जलिङ्ग, सिक्किम लगायतका क्षेत्रबाट पूर्वि नेपालमा घुम्न आउने तथा नेपालबाट त्यता जाने पर्यटकको संख्या बढिरहेको सन्दर्भमा थप प्रचार प्रसार र सहजिकरण गर्न सके तेस्रो मुलकका पर्यटकबाट दुवै देश लाभान्वित हुने बताए ।

    बोर्डका अर्का प्रबन्धक सुमन घिमिरेले नेपालले समेत क्रस बर्डर पर्यटनलाई जोड दिँदै नेपाल भारत समिा क्षेत्रमा विभिन्न मार्टहरु आयोजना गरेको जानकारी दिँदै छलफल तथा अन्तरत्रिया र सहकार्यलाई जारी राख्नु पर्नेमा जोड दिए ।

    इष्टर्न हिमालय ट्राभल्स एण्ड टुर एशोसिएशन (इथवा) का अध्यक्ष देवासिश मिश्राले क्रसबोर्डर पर्यटनको सम्भावना उच्च रहेको उल्लेख गर्दै तेस्रो मुलुकका पर्यटकबाट लाभ लिन दुवै देशबीचका सीमा क्षेत्रमा अध्यागमन सुविधा अपरिहार्य रहेको बताए । यस्तै (इथवा) का महासचिव सन्दिपन घोषले सिलगुडिमा आयोजना हुन लागेको बंगाल टार्वल मार्ट (बीटिएम-२०२४) मा नेपालको सहभागिताले नेपालको पर्यटन पर्वद्धनमा सहयोग पुग्ने बताए ।

    यो टोलीले काठमडौँ वरपरका चन्द्रगिरी, नगरकोट तथा पोखरा र चितवन लगायतका पर्यटकीय स्थलको भ्रमण तथा ती स्थानहरुमा व्यवसायीहरुसँग अन्तरक्रिया गरि फर्किने इथवाको साहसिक पर्यटन संयोजक डा। दाबा शेर्पाले जानकारी दिए ।

    गतवर्ष नेपालको कोशि प्रदेश नाटा र भारतको पश्चिम बङ्गालको पर्यटन गन्तव्यहरूको एकैसाथ प्रचार र प्रवर्धन गर्ने उद्देश्यले नेपाल र भारतका पर्यटन व्यवसायीबीच गतवर्ष झापामा सम्झौतामा हस्ताक्षर समेत भएको थियो ।

    सोही अनुरुप पर्यटन बोर्डको पहलमा भारतीय पर्यटन व्यवसायीहरको टोली नेपाल आएको हो ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend