logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:24 AM

  • पछिल्लो १२ घण्टामा कहाँ कति पर्‍यो पानी ?

    पछिल्लो १२ घण्टामा कहाँ कति पर्‍यो पानी ?

    सबैभन्दा धेरै पानी पर्ने जिल्ला कुन हाे ?


    पर्यटन नेपाल

    शनिबार, १० चैत्र २०८०


    काठमाडौँ । पछिल्लो समय देशका विभिन्न भू-भागमा वर्षा भइरहेको छ । काठमाडौँमा आज मध्यराति पौने १२ बजेदेखि वर्षा सुरु भएको हो ।

    त्यस्तै काठमाडौँ उपत्यकासहित तनहुँ, चितवन, गोरखा, स्याङ्जा, मकवानपुर, सुनसरी, मोरङ, पाँचथर, उदयपुर, सिन्धुली, सिन्धुपाल्चोक लगायतका ठाउँमा वर्षा भइरहेको छ ।

    कहाँ कति पानी पर्यो ?

    मौसम पूर्वानुमान महाशाखाले तयार गरेको विवरण अनुसार पछिल्लो १२ घण्टामा काठमाडौँको कीर्तीपुरमा १० मिलिमिटर, गोरखाको बिरेनचोकमा ८८.८ मिलिमिटर, लमजुङको कुन्छामा ४६.४ मिलिमिटर वर्षा मापन भएको छ ।

    त्यस्तै झापाको चन्द्रगढीमा १८.४, दोलखामा ६.६ मिलिमिटर, धादिङको गजुरीमा २०.४ मिलिमिटर, चतारामा २५.८ मिलिमिटर, जुम्लामा १० मिलिमिटर, गोरखाको आरूघाटमा १९.६ मिलिमिटर, तनहुँको बन्दीपुर २४ मिलिमिटर, मकवानपुरको चिसापानीगढीमा ३२.६ मिलिमिटर, मुगुको ताल्चामा १६.५ मिलिमिटर, पाँचथरको फिदिममा २१.२ मिलिमिटर, मोरङको लेटाङमा ८.६ मिलिमिटर, सुनसरीको धरानमा २९.२ मिलिमिटर, ताप्लेजुङमा ७.८ मिलिमिटर, सिन्धुलीमा ७.६ मिलिमिटर, कालीकोटको मान्ममा ८.६ मिलिमिटर र विजयपुरमा २१.४ मिलिमिटर वर्षा मापन भएको छ ।

    आगामी तीन दिनसम्म कोशी बागमती र गण्डकी प्रदेशमा वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend