logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   06:59 AM

  • काठमाडौँ आउँदै गरेको पर्यटक बस दुर्घटना, ६ जना चिनियाँ नागरिक घाइते

    काठमाडौँ आउँदै गरेको पर्यटक बस दुर्घटना, ६ जना चिनियाँ नागरिक घाइते


    पर्यटन नेपाल

    शनिबार, १० चैत्र २०८०


    काठमाडौँ । तनहुँमा पर्यटक बस दुर्घटना भएकाे छ ।

    पोखराबाट काठमाडौँ आउँदै गरेको बा १ प ११३९ नम्बरको पर्यटक बस आज बिहान साढे ६ बजे तनहुँको म्याग्दे गाउँपालिका-६ शेराटारस्थित पृथ्वी राजमार्ग सडकखण्डमा दुर्घटना भएकाे हाे ।

    उक्त दुर्घटनामा ६ जना चिनियाँ नागरिक घाइते भएका छन् ।

    घाइतेहरूमा चिनियाँ नागरिकहरू ६८ वर्षीय छुचेङ, ६७ वर्षीय साओ मेङ, ५० वर्षीया सुन ली, ७० वर्षीय लियो या छिङ, ६२ वर्षीय वाङ यइ दोङ र ५७ वर्षीया हुछिआओ ली छन् ।

    उनीहरूको जिपि कोइराला श्वासप्रश्वास उपचार केन्द्र बेलचौतारामा उपचार भइरहेको छ । उक्त बसमा २६ यात्रु सवार थिए।

     

    बस चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend