logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:05 AM

  • श्री एयरलाइन्सले ल्यायाे नयाँ दुई जहाज

    श्री एयरलाइन्सले ल्यायाे नयाँ दुई जहाज


    पर्यटन नेपाल

    मंगलबार, १३ चैत्र २०८०


    काठमाडौँ । श्री एयरलाइन्सले दुई वटा जहाज थप गरेको छ ।

    मंगलबार क्यानडाको ‘बम्बार्डियर हाल डी हाभिलैन्ड अफ क्यानडा’ निर्मित कल साइन नाइन एन-एओके र नाइन एन-एओएल जहाज कम्पनीले थप गरेको हो । उक्त जहाज ८० सिट क्षमताका हुन् ।

    उक्त जहाज संयुक्त राज्य अमेरिकाको अरेगन राज्यको पोर्टलैन्डबाट डुलुथ, क्यानडाको गुजबे, आइसल्यान्डको केफलामिक, जर्मनीको म्युनिक, इजिप्टको काइरो, दुबई र भारतको इन्दौर हुँदै काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको हो ।

    यी जहाजमा जडित इन्जिन सोही प्रकारका अन्य जहाजहरू भन्दा दोब्बर शक्तिशाली भएको एयरलाइन्सले जनाएको छ ।

    उक्त जहाजहरू श्री एयरलाइन्सका पाइलटहरूले नै नेपालमा ल्याएका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend