काठमाडौँ । नेपाल पर्यटन बोर्डको कार्यकारी समितिको रिक्त पदमा तीन सदस्य नियुक्त भएका छन् ।
बिहीबार (आज) बसेको मन्त्रिपरिषद् बैठकबाट रिक्त तीन पदका लागि ऋषिराम भण्डारी, राजेन्द्रबहादुर लामा र रामप्रसाद सापकोटालाई नियुक्त गरिएको हो ।
त्यस्तै रिक्त रहेको सचिव पदमा हरिप्रसाद लम्साललाई बढुवा गर्ने निर्णय समेत मन्त्रिपरिषद् बैठकले गरेको छ ।
उक्त पदमा नियुक्त गरिएको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको सचिवालयले जानकारी गराएको छ ।