काठमाडौँ । मौसममा आएको परिवर्तनका कारण शनिबार बेलुका विमान उडान–अवतरण प्रभावित भएको छ ।
काठमाडौँमा लगायतका विभिन्न स्थानमा भएकाे प्रतिकूल मौसमका कारण विमान ‘डाइभर्ट’ भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएकाे छ ।
झापाको भद्रपुरबाट आएको बुद्ध एयरको विमान विराटनगर डाइभर्ट भएको छ । बुद्ध एयरकै सिमराबाट आएको विमान सिमरा नै र भैरहवाबाट आएको विमान भैरहवा र जनकपुरबाट आएको यती एयरलाइन्सको विमान जनकपुर नै डाइभर्ट भएको छ ।