logo

बुधबार, १२ कार्तिक २०८३

logo

बुधबार, १२ कार्तिक २०८३   |   06:53 PM

  • सातै प्रदेशमा पालिकास्तरीय पर्यटन रणनीति तथा कार्ययोजना तर्जुमा कार्यशाला सम्पन्न

    सातै प्रदेशमा पालिकास्तरीय पर्यटन रणनीति तथा कार्ययोजना तर्जुमा कार्यशाला सम्पन्न


    पर्यटन नेपाल

    शनिबार, १७ चैत्र २०८०


    काठमाडौँ। नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको सहलगानीमा संचालित जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आयोजना तथा सातै प्रदेशका पर्यटन मन्त्रालयहरुको समन्वयमा सातै प्रदेशमा “पालिकास्तरिय पर्यटन प्रवद्र्धन रणनीति तथा कार्ययोजना तर्जुमा कार्यशाला” सम्पन्न भएका छन् ।

    जनप्रतिनिधि तथा पर्यटन शाखा /योजना शाखासंग  सम्बन्धित कर्मचारीहरुको क्षमता बृद्धि गराई स्थानीय सरकारको पर्यटन रणनीति र कार्ययोजना तर्जुमा गर्न सहयोग पुराउने उद्देश्यले कार्यशाला आयोजना गरिएको थियो ।

    यो कार्यशालामा  सातै प्रदेशका करिब २ सय बढि स्थानीय सरकारहरु सहभागि भएको परियोजनाले जानकारी दिएको छ । चैत १४, १५ र १६ गते सौरामा आयोजित कार्यशालमा वागमती प्रदेशका ३५ वटा स्थानीय सरकार (नगरपालिका/गाउँपालिका) हरुको सहभागिता रहेको थियो ।

    कार्यशालामा पर्यटनको विकास , पर्यटन रणनीति , पर्यटन नीति , पर्यटन कार्ययोजना तथा पर्यटकीय गन्तव्यहरूको ब्रान्डिङ रणनीतिहरु, पर्यटन प्रवर्द्धनका लागि आमसञ्चार माध्यमहरुसंगको सहकार्य लगायतका विषयवस्तुमा छलफल गरिनुका साथै पर्यटनको प्रडक्ट निर्माण तथा बजारीकरणमा स्थानीय सरकारको क्षमता अभिवृद्धि, उनीहरूलाई आवश्यक पर्ने ज्ञान र सीपहरू विकास गर्न तथा स्थानीयतहमा प्रभावकारी पर्यटन रणनीति र  कार्ययोजना निर्माण तथा कार्यान्वयनका विषयमा प्रस्तुतिकरण तथा छलफल भएको थियो ।

    सौराहामा आयोजित कार्यशालामा वागमती प्रदेश अन्तरगत रहेका भरतपुर, ललितपुर महानगरपालिका, भक्तपुर, धुलिखेल कावासोती, चागुनाराय, कालिञ्चोक, भिमेश्वर, नगरपालिका, तथा गौरीशंकर, सोती,  देवघाट ,मकवानपुरगढि, शिवपुरी, गंगाजमुना, लगायतका गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीको सहभागिता रहेको थियो ।

    सो अवसरमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव गोविन्द बहादुर कार्कीले पर्यटन विकासका लागि मन्त्रालयले गरिरहेका कार्यहरु र आगामी कार्ययोजनाका बारेमा प्रकाश पार्दै यो कार्यशालाले पालिकाहरुलाई आफ्नो पालिकाको रणनीति तय गर्न सघाउ पुग्ने बताउनु भयो । यस्तै युएनडीपीका पोर्टफेलियो म्यानेनर कल्पना सरकारले कार्यक्रमबाट पालिकाहरुले भोलीका दिनमा पर्यटन विकासका लागि अबलम्बन गर्ने रणनीति तय हुने बताउनु भयो ।

    कार्यशालामा नेपाल सरकारका पूर्व सहसचिव तथा सहजकर्ता रमेश कुमार अधिकारीले पर्यटन रणनीति तथा कार्ययोजना तर्जुमाका विषयमा प्रस्तुतिकरण गर्दै पर्यटनका लागि हरेक पालिकाको स्पष्ट नीति र कार्यनीती आवश्यक भएकाले सोही अनुरुप यो कार्यशाला आयोजना गरिएको र समग्रमा कार्यशाला फलदायी भएको जानकारी दिनुभयो । यस्तै पर्यटन विभागका निर्देशक राकेश गुरुङ्गले विभागले चालु आवमा सञ्चालन भएका योजना र प्रदेशका विभिन्न पालिकामा गरिरहेका कार्य तथा स्थानीय निकायसंगको सहकार्यका विषयमा, नेपाल पर्यटन बोर्डका प्रबन्धक रोहीणि प्रसाद खनालले बोर्डले पर्यटन प्रवद्र्धन , ब्रान्डिङको महत्व र बोर्डले यस क्षेत्रमा गरिरहेका कार्यबारे र नेपाल पर्यटन बोर्डका मिडिया कन्सल्टेन्ट तथा उप प्राध्यापक टि.पि.भुसालले पर्यटन प्रवद्र्धनमा आमसञ्चार माध्यमको भूमिका र सञ्चार क्षेत्रसङको सहकार्य लगायतका विषयमा प्रस्तुतिकरण गर्नु भएको थियो ।

    यसैगरी परियोजनाका निमित्त राष्ट्रिय कार्यक्रम प्रबन्धक धर्म दवाडीले परियोजनाले गरेका गतिविधिबारे प्रस्तुतिकरण दिनभएको थियो भने भरतपुर महानगरपालिकाका पर्यटन सल्लाहकार विश्वराज सुवेदी, राष्ट्रिय प्रकृति संरक्षण कोषका अधिकृत अनिल प्रसाई, वागमति प्रदेश संस्कृतिपर्यटन वन तथा सहकारी मन्त्रालयका अधिकृत उत्तम चापागार्ईले पर्यटनका विविधि विषयहरुमा प्रस्तुतिरकण दिनुभएको थियो ।

    तीन दिनसम्म चलेको कार्यशालामा सहभागी जनप्रतिनिधि तथा कर्मचारीहरुले आ-आफ्नो पालिकाको पर्यटन नीति,  कार्ययोजना निर्माण तथा सञ्चार  सहकार्यका विषयमा रणनीति र त्यसको कार्यान्वयनको खाका तयार पारेका छन् ।

    कार्यशालामा सहभागीहरुले कार्यशालाबाट आफुहरुले आ-आफ्नो पालिकामा रहेका पर्यटकीय सम्भावनाको कसरी बजारीकरण तथा प्रचारप्रसार गर्न सकिन्छ भन्ने कुराको ज्ञान प्राप्त भएको बताउँदै अब आफुहरुले पनि सोही अनुरुप पर्यटन रणनीति तयार पाररी लागु गर्ने प्रतिक्रिया दिए ।

    परियोजनाले सात प्रदेश मध्ये यसअघि कोशी, मधेस, सुदुपश्चिम र कर्णाली र लुम्बिनी र गण्डकी प्रदेशमा कार्यशाला सम्पन्न गरिसेकेको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  |  Privacy Policy  |  Our Team  |  Contact  |  Site By : SobizTrend