logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:24 AM

  • विकास र प्रचारप्रसारको ओझेलमा डोटी आदर्श गाउँपालिकाको दुर्गा मन्दिर

    विकास र प्रचारप्रसारको ओझेलमा डोटी आदर्श गाउँपालिकाको दुर्गा मन्दिर


    पर्यटन नेपाल

    बिहिबार, २२ चैत्र २०८०


    गोपाल बिष्ट

    डोटी । डोटीको आदर्श गाउँपालिका वडा नम्बर ४ देहीमाण्डोमा रहेको दुर्गा मन्दिर विकास र प्रचार प्रसारको पर्खाइमा रहेको छ ।

    धार्मिक पर्यटकीय एवं ऐतिहासिक महत्व बोकेको वरिपरि द्वारका रूखले घेरेको दुई वटा देवल एक भण्डारपेटिकासहित रहेको दुर्गा मन्दिर विकास र प्रचारप्रसारमा सरकारको ध्यान जान नसक्दा ओझेलमा परेको स्थानीयवासी बताउँछन् ।

    पर्यटकीय सम्भावना बोकेको दुर्गामाता मन्दिर पहिलेदेखि नै दुर्गाकी देवीको पूजा आराधना गरिन्छ । वैशाख पूर्णिमा र मङ्सिर पूर्णिमाका दिन विशेष गरेर देहि जात्रा मनाउने गरेको स्थानीय राम बोहरा बताउँछन् ।

    अहिलेको युगसम्म आइपुग्दा पनि विकास र प्रचारप्रसार भएको पाएको छैन । धार्मिक महत्त्वको दृष्टिकोणले यसको बेग्लै पहिचान रहेको स्थानीय बताउँछन् ।

    पुरानो किवदन्ती अनुसार जुम्लाका राजाले यहाँ राज गरेका हुनाले यहाँको मन्दिर निर्माण गरेको पाएको छ । पुरानो ढुङ्गामा तरवारले काटेर बीचमा दुई वटा टुक्रा पारेको अहिलेसम्म जीवित छ । दुर्गाकी देवी पूजापछि मनले चिताएको मनले चाहेको पूरा हुँदै आएको धार्मिक विश्वास पाइन्छ ।

    आदर्श क्षेत्रकै पर्यटन नवीनी सक्दा पनि अहिलेसम्म दिगो विकास र मन्दिर व्यवस्थापन समिति अहिले मौन बसेको पाइन्छ न त स्थानीय सरकार हेर्छ न त वडा सरकार नै हेर्छ । न त यहाँको मन्दिर विकास समितिले नै हेर्छ । यो मन्दिरलाई अझ व्यवस्थापन गर्न स्थानीय सरकार र वडा सरकार महत्वपूर्ण भूमिका रहन्छ ।

    यो मन्दिरलाई भगवतीदेवी अथवा देहीमाण कि देवी भनेर पनि चिन्ने गरेको पाहिन्छ । यस मन्दिरलाई १२ गाउँकी जात भनेर चिन्दै आएको पाइन्छ । पहिले पहिलेका पुस्तामा १२ गाउँका देउरा ल्याउने हुनाले १२ गाउँकी जात भनेको हो र अहिले भने तीन गाउँको देउरो आउने चलन छ । यहाँ साँझको बेला बाजा गाँजा बजाउने धामी झाँक्री नचाउने काम्ने गाँज नचाउने लालच्छाता नचाउने चौलो हान्ने रहँदै आएको पाइन्छ ।

    पूर्णिमाको दिनमा त्यही जात्रा बिहान पूजा आराधना गरिन्छ । यहाँ दिउँसोतिर विभिन्न ठाउँबाट त्यही मेला हेर्न आउनेको लर्को देखिन्छ । विभिन्न ठाउँबाट स्वदेश तथा विदेशबाट भक्तजन दर्सालु तीर्थयात्री मेला हेर्न टाढा टाढाबाट आउने गर्दछन् ।

    देही जात्राको लागि विभिन्न कलाकारहरूले गीत पनि खोलिसकेका छन् । जसअनुसार देहिमाण द्ययारका रुख ,एक दुई बासो र साली भिनाजुकीठौर हुन्या रैछ हासै हाँसो लगायतका गीत निकालेर पनि अझै पनि प्रचारप्रसार र दिगो विकास पर्यटन विकास नबनी सक्दा स्थानीय बासीहरू दुखेसो पोख्छन् ।

    धार्मिक एवं पर्यटकीय महत्त्व बोकेको दुर्गा मन्दिरको दिगो विकास प्रचारप्रसार गर्न सके यस क्षेत्रमा भौगोलिक पर्यटन प्रवर्द्धन हुनुका साथै यस ठाउँबाट देखिने सैपाल हिमालको पनि अवलोकन गर्न पाइन्छ । शान्त वातावरणमा पर्यटक भित्र्याउन सकियो भने यस मन्दिरमा टेवा पुुग्न सक्छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend