logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   06:04 AM

  • वैशाख ५ र ६ गते लुम्बिनीमा अन्तर्राष्ट्रिय शान्ति महोत्सव हुँदै

    वैशाख ५ र ६ गते लुम्बिनीमा अन्तर्राष्ट्रिय शान्ति महोत्सव हुँदै


    पर्यटन नेपाल

    बिहिबार, २२ चैत्र २०८०


    काठमाडौँ । ‘लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव २०२४’ आयोजना हुँदै छ ।

    नेपाल पर्यटन बोर्ड, चिनियाँ राजदूतावास, लुम्बिनी विकास कोष, नेपाल ओलम्पिक कमिटी, र प्रदेश खेलकुद परिषद् नेपालको आयोजनामा यो महोत्सव हुन लागेको हो ।

    महोत्सवका लागि नेपाल ओभरसिज चाइनिज एसोसिएसन, लुम्बिनीस्थित झोङ हुआ गुम्बा र लुम्बिनी होटल एसोसिएसनको सहआयोजना रहनेछ ।

    लुम्बिनीलाई ‘विश्व शान्ति र सांस्कृतिक पर्यटन गन्तव्य’ को रूपमा विश्वव्यापी रूपमा प्रवर्द्धन र स्थान दिने उद्धेश्यले यो कार्यक्रम हुँदै छ ।

    एक पवित्र तीर्थस्थलका रूपमा चिनिएको लुम्बिनी नेपाल घुम्न आउने पर्यटकहरूको रोजाइको गन्तव्यमध्ये पर्छ ।

    शान्ति महोत्सव आगामी वैशाख ५ र ६ गते हुनेछ । दुई दिनसम्म हुने कार्यक्रम विश्व सम्पदा स्थल परिसरमा हुनेछ । दुई दिनसम्म हुने कार्यक्रम विश्व सम्पदा स्थल परिसरमा हुनेछ ।

    यही अवसरमा लुम्बिनीमा शान्ति म्याराथन, योगा र लुम्बिनी शान्ति कन्सर्ट गरी तीनवटा कार्यक्रम पनि हुँदै छन् ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend