काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उत्तरतर्फबाट तीन महिनासम्म जहाज अवतरण गर्न नपाइने भएको छ ।
उत्तरतर्फको धावनमार्गको विन्दु जोड्ने समानान्तर ट्याक्सी-वे विस्तार भइरहेकाले सोमबारदेखि तीन महिनालाई उत्तरी विन्दुबाट जहाज अवतरण गर्न रोक लगाइएको हो ।
जहाज अवतरणमा रोक लगाए पनि अन्तर्राष्ट्रिय तथा आन्तरिक उडानका जहाजलाई खासै असर नपर्ने जनाइएको छ ।
यद्यपी यसबारे पहिले नै सम्बन्धित वायुसेवा कमपनीहरूलाई जानकारी दिइसकेको छ ।