logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   06:58 AM

  • एक महिनामै हिमाल आरोहणका लागि १४८ जनाले लिए अनुमति

    एक महिनामै हिमाल आरोहणका लागि १४८ जनाले लिए अनुमति


    पर्यटन नेपाल

    बिहिबार, २२ चैत्र २०८०


    काठमाडौँ । हिमाल आरोहणका लागि एक महिनामै १४८ जनाले अनुमति लिएका छन् । पर्यटकीय सिजन सुरू भएसँगै हिमाल आरोहणका लागि उक्त आरोहिले अनुमति लिएका हुन् ।

    पर्यटन विभागका अनुसार एक महिना (मार्च १ देखि अप्रिल १) मा हिमाल चढ्नका लागि एक सय ४८ जनाले अनुमति लिएका छन् ।

    जसमध्ये सबैभन्दा धेरै सगरमाथा आरोहणका लागि अनुमति लिएका छन् । सगरमाथा आरोहणका लागि एक महिनामा ६३ जनाले अनुमति लिएका छन् ।

    त्यस्तै अन्नपूर्ण चढ्न २५ जनाले, आमादब्लम चढ्न २३ जना, धवलागिरिका लागि १५ जना, पुथा हिमचुली ७ जना, कञ्चनजंघाका लागि ७ जनाले अनुमति लिएका छन् ।

    जसबाट १० करोड ५५ लाख रूपैयाँ राजस्व संकलन भएको विभागले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend