काठमाडौँ । नेपाल पर्यटन बोर्डकाे प्रमुख कार्यकारी अधिकृत (सिईओ) पदका लागि आवेदन खुल्ला भएकाे छ ।
लामो समयदेखि रिक्त रहेकाे सीईओ पदपूर्तिका लागि बाेर्डले शनिबार आवेदन खुलाएकाे हाे ।
बोर्डको सीईओ छनोट उपसमितिले शनिबार सूचना प्रकाशित गर्दै इच्छुक व्यक्तिबाट आवेदन माग गरेकाे छ ।
इच्छुक प्रतिस्पर्धीले १२ दिनभित्र आवेदन दिन सक्नेछन् ।
यस पदका लागि स्नातकोत्तर उत्तीर्ण भई पर्यटन क्षेत्रमा कम्तिमा १० वर्षको अनुभव भएको हुनुपर्ने प्रावधान छ । भने ३५ वर्ष पूरा भई ६० वर्ष ननाघेका व्यक्तिहरुले प्रतिस्पर्धामा भाग लिन पाउनेछन् ।
बाेर्डकाे पूर्वसिईओ धनन्जय रेग्मीको कार्यकाल सकिएसँगै बोर्ड नेतृत्वविहीन भएकाे थियो । सीईओ पदको कार्यकाल ४ वर्षको हुन्छ ।