logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:24 AM

  • सुस्ताएको जिरी पर्यटन प्रवर्द्धनका लागि दोस्रो जिरी महोत्सव

    सुस्ताएको जिरी पर्यटन प्रवर्द्धनका लागि दोस्रो जिरी महोत्सव


    पर्यटन नेपाल

    आइतबार, २५ चैत्र २०८०


    काठमाडौँ । दोलखाको जिरीमा ‘दोस्रो जिरी महोत्सव २०८०’आयोजना भएको छ ।

    जिरी उद्योग वाणिज्य संघको आयोजनामा शुक्रबारदेखि सुरु भएको उक्त महोत्सब वैशाख २ गतेसम्म सञ्चालन हुने संघको अध्यक्ष बावुुराजा श्रेष्ठले बताए ।

    महोत्सवमा जिरीको मौलिक स्थानीय संस्कृति, उत्पादन, गुराँस, किवी, ट्राउट, चौरी, चिज र छुर्पीलगायत प्रदर्शनी गरिएको छ ।

    प्रदशनीमार्फत् दोलखाका स्थानीय उत्पादनहरूको प्रवर्द्धन गर्नुको साथै जिरीका सुन्दर प्रा‌कृतिक पर्यटकीय स्थलहरूको राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचार(प्रसार गर्ने उद्देश्यका साथ महोत्सव आयोजना गरिएको संघका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

    उनल् भने, ‘ जिरी प्रयटकीय हिसावले प्रचुर सम्भावना बोकेको ठाउँ हो । तर पछिल्लो समय सुरी चलायमान हुन नसक्दा यहाको पर्यटकिय क्षेत्र सुस्ताएका छन् । त्यसैको प्रचार प्रसारको लागि हामीले यो महोत्सब गरेका हौँ । यो महोत्सबले यहाँको पर्यटनको प्रचार प्रसारमा सकरात्मक भूमिका खेल्ने छ भन्नेमा हामी बिश्वस्त छौँ ।’

    जिरीलाई नेपालको स्विजरल्याण्ड र सगरमाथाको प्रवेशद्वार भनेर पनि चिनिन्छ ।
    अन्य क्षेत्रहरुको महोत्सबमा साहित्य, जिवन र संगित धनेर कहिँकतै पनि प्रचार गरेको नपाईएको कारण जिरी महोत्सबमा तिन वटा टक सो हरु पनि सञ्चालन गरेको उद्दयोग वाणिज्य संघका अध्यक्षा श्रेष्ठले बताए । उाले भने, ‘हामीले तिन ओटा टक सोहरु पनि चलाएका छौँ । बिकाश सम्वाद, शिक्षा सम्वाद, जिरी स्टार लगायतका यस महोत्सब सोहरु चलाएका छौँ ।’ जिरी स्टार डान्समा पुरस्कारको व्यवस्था गरिएको पनि उनले बताए ।

    जिरीभित्रका पर्यटकीय गन्तव्यहरू जिरेश्वरी मन्दिर, हलेश्वरी मन्दिर, ढुङ्गेश्वरी मन्दिर, जिरी बजार, ठूलोनागी, हनुमन्ते डाँडा, सिकी गाँउ, लावती करना, खावा डाँडा, स्टोनपार्क, बुद्धपार्क, राम्बोले देवी, चेर्दुङ्ग डाँडा, चेर्दुङ्ग चिज उत्पादन केन्द्र, चेन्चो डाँडा, कालोभिर, चियाबगान, पाँच पोखरी, जट्टा पोखरी रहेका छन् ।

    महोत्सवमा हुने अन्य कार्यक्रमहरू
    दोलखा जिल्लाका मौलिक उत्पादनको प्रदर्शनी
    सास्कृतिक झाँकी तथा कला संस्कृतिको प्रदर्शनी
    मौलिक खाना तथा परिकारहरू (शेर्पा, जिरेल, तामाङ, नेवारी आदि)
    नेपाली कागजका विविध उत्पादनहरूको प्रदर्शनी (गहना, कपडा, सामग्री आदि)
    राष्ट्रिय कलाकारहरूद्वारा सांगीतिक प्रस्तुति
    वृत्तचित्र प्रदर्शनी
    पदयात्रा
    प्याराग्लाइडिड
    विभिन्न सांस्कृतिक प्रतियोगिता
    विद्यालय नृत्य प्रतियोगिता
    वयस्क भलिबल प्रतियोगिता

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend