काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धकको जिम्मेवारी जगन्नाथ निरौलाले पाएका छन् ।
नागरिक उड्डयन प्राधिकरणमा उपमहानिर्देशकको भूमिकामा रहेका निरौलालाई प्राधिकरणले विमानस्थल महाप्रबन्धकको जिम्मेवारी दिएको हो ।
बुधबार प्राधिकरणको महानिर्देशक स्तरीय निर्णयबाट निरौलालाई महाप्रबन्धकको जिम्मेवारी दिइएको प्राधिकरणले जनाएको छ ।
यससँगै हाल विमानस्थलमा प्रमुख रहेका प्रताबबाबु तिवारीलाई प्राधिकरणले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धकको जिम्मेवारी दिएको छ ।