logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:05 AM

  • पोखरामा दोस्रो अन्तर्राष्ट्रिय दिगो पर्वतीय विकास तथा पर्यटन सम्मेलन सुरु

    पोखरामा दोस्रो अन्तर्राष्ट्रिय दिगो पर्वतीय विकास तथा पर्यटन सम्मेलन सुरु


    पर्यटन नेपाल

    शनिबार, २० असोज २०८०


    काठमाडौँ । काठमाडौँ विश्वविद्यालय र जापानको होक्काइडो विश्वविद्यालयको आयोजना तथा नेपाल पर्यटन बोर्डको आतिथ्यमा शुक्रवारदेखि पोखरामा दोस्रो अन्तर्राष्ट्रिय दिगो पर्वतीय विकास तथा पर्यटन सम्मेलन सुरु भएको छ ।

    तीन दिनसम्म चल्ने सम्मेलनमा नेपाल सहित भारत, चीन, संयुक्त राज्य अमेरिका, बेलायत, जापान, भियतनाम, स्पेन, र पोल्यान्डका प्रतिष्ठित वैज्ञानिक र प्राज्ञिक विज्ञहरूले ७० भन्दा बढी प्राविधिक छलफल र मुख्य प्रस्तुतिहरू राख्नेछन् ।

    सम्मेलनमा विभिन्न देशका सय भन्दा बढी वैज्ञानिक र प्राज्ञिक विज्ञहरूको सहभागिता रहेको छ । सम्मेलनमा दिगो पर्यटनका विषयमा गहन छलफल हुनेछ ।

    No description available.

    गत वर्षको मङ्सिर मङ्सिर १५, १६ र १७ गते काठमाण्डौँको चन्द्रागिरिमा प्रथम अन्तर्राष्ट्रिय दिगो पर्वतीय विकास सम्मेलन-२०२२ आयोजना गरिएको थियो । त्यसैको दोस्रो संस्करणका रूपमा यो पटक पोखरामा कार्यक्रम आयोजना गरिएको हो ।

    सम्मेलनको उद्घाटन गर्दै गण्डकी प्रदेशका अर्थमन्त्री जीतबहादुर आले मगरले जलवायु परिवर्तन विश्वको साझा मुद्दा भएको उल्लेख गर्दै यसबाट हुने जोखिम न्यूनीकरणका लागि विश्व समुदायको साझा चासो र चिन्ता आवश्यक भएको बताए । उनले नेपालको पर्यटनको आधार हिमाल भएको बताउँदै यसको संरक्षणमा सरोकारवाला निकायहरू बीच समन्वय आवश्यकता माथि जोड दिए ।

    सम्मेलनमा मुख्य वक्ताको रूपमा प्रा.डा.मार्टिन प्राइसले माउन्टेन अन ग्लोबल एजेन्डाMountains on global agendas: 5-decade perspective) र प्रा.डा. तेजी वातानाबेले रिजेनेरेशन टुरिजम केश स्टडीः डेसेत्सुजान नेशनल पार्क (Regenerative tourism: case study Daisetsuzan National Park” respectively विषयमा प्रस्तुतीकरण दिएका थिए ।

    नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीले सम्मेलनले दिगो पर्वतीय पर्यटनका चुनौती र उत्कृष्ट अभ्यासका बारेमा विश्वव्यापी रूपमा छलफल र आदानप्रदान गर्न उपयुक्त मञ्च प्रदान गर्ने बताए ।

    कार्यक्रममा भारत सरकारका प्रतिनिधि राजीव रञ्जन मिश्र र प्राध्यापक डा. विश्व जित राय चौधरीले हिमाल र नदीको साझा सम्पदाको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

    No description available.

    काठमाडौँ विश्वविद्यालयका डा. रिजनभक्त कायस्थको अध्यक्षतामा सुरु भएको उद्घाटन सत्रमा पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले पोखरालाई महोत्सव स्थलको रूपमा छानेकोमा आयोजकलाई धन्यवाद ज्ञापन गरे ।

    सम्मेलनको पहिलो दिन ‘भू-संरक्षण, भू-पार्क र भू-पर्यटन,’ ‘पहाडी संरक्षित क्षेत्रमा दिगो मनोरञ्जन प्रयोगको प्रावधान सुनिश्चितता,’ ‘पहाडी नदीहरूमा भौगोलिक विविधता र कनेक्टिभिटी’ लगागतका प्राविधिक विषयहरूमा समानान्तर सत्रहरू सञ्चालन गरिएको थियो ।

    शनिवार र आइतावार पनि विभिन्न समानान्तर सत्रहरूमा दिगो पर्यटन , जलवायु परिवर्तन र यसको असर प्रभाव लगायतका विषहरूमा कार्यपत्र प्रस्तुत हुनेछन् ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend