काठमाडौँ । पर्यटकीय राजधानी पोखरामा पायोनियर एड्भेञ्चर कम्पनी हाइग्राउण्ड एड्भेञ्चर्स नेपालले नेपालमै पहिलो पटक सावर बन्जी सुरू गर्ने तयारी गरेको छ ।
कम्पनीले हेम्जामा सञ्चालन गरिरहेको बन्जीमा करिब ५० लाख रूपैयाँ लगानी थपे सावर बन्जी थालेको हो ।
सावर बन्जी चैत २८ गते आज) उद्घाटन गर्ने तयारी छ । ६ हजार ५ सय रूपैयाँमा फोटो, भिडियो र टिसर्टसहित बुक गर्न सकिन्छ । यसमा सर्टिफिकेट र लेकसाइडदेखि हेम्जासम्मको दुईतर्फी यातायातको सुविधा समेत समावेश छ ।
बन्जी गर्दा पानीको फोहोराको मज्जा लिन पाइनेछ । क्यान्टिलिभर ब्रिजको मोडलमा बनाइएको यो नेपालकै पहिलो टावर बञ्जी पनि हो ।
कम्पनीमा शरद गोल्छा, भरत गोल्छा, अभिनव चुरिवाल र दिनेस महर्जनको लगानी छ ।