logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   06:58 AM

  • फेवातालमा डुंगा दुर्घटना, एक जना महिलाको सकुशल उद्दार

    फेवातालमा डुंगा दुर्घटना, एक जना महिलाको सकुशल उद्दार


    पर्यटन नेपाल

    बिहिबार, २९ चैत्र २०८०


    काठमाडौँ । पोखराको फेवातालमा डुंगा दुर्घटना भएको छ ।

    बिहीबार दिउँसो अचानक हावाहुरी आएपछि फेवातालमा ‘कायक बोट’ पल्टिएको थियो ।

    उक्त दुर्घटनामा परेकी एक जना महिलाको सकुशल उद्धार गरिएको छ ।

    काठमाडौँ महानगरपालिका-१७ सामाखुसी बस्ने २५ वर्षीया अग्नि देवकोटा तालमा खसेकी हुन् । उनलाई फेवाताल बाराहीघाटस्थित सशस्त्र प्रहरी बलको रेस्क्यू वाच टावरबाट खटिएको विशेष उद्धार तथा गोताखोर टोलीले उद्धार गरेको हो ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend