logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:05 AM

  • मनकामना केबलकार शुक्रबार बन्द

    मनकामना केबलकार शुक्रबार बन्द


    पर्यटन नेपाल

    बिहिबार, ६ बैशाख २०८१


    काठमाडौँ । आकस्मिक मर्मत सम्भारका लागि मनकामना केबलकार शुक्रबार बन्द गरिने भएको छ ।

    शनिबारबाट भने नियमित रूपमा सञ्चालनमा आउने मनकामना दर्शन प्रालिले जनाएको छ ।

    गत चैत ७ मा पनि नियमित मर्मतका लागि एक दिन केबलकार बन्द गरिएको थियो । चितवनको कुरिनटारदेखि गोरखाको मनकामनामा केबलकार सञ्चालनमा छ ।

    शनिबार बिहान साढे ६ बजेदेखि र अघिपछि बिहान साढे ७ बजेदेखि साँझ साढे ५ बजेसम्म केबलकार सञ्चालन हुने गरेको छ ।

    केबलकारमा ३४ वटा डब्बा सञ्चालनमा छन् । केबलकार सञ्चालनमा आएको २६ वर्षमा १ करोड ८४ लाख यात्रुले सेवा लिइसकेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend