काठमाडौँ । एकै पटक दुई वटा विमान चार्टर्ड गरेर भारतीय पर्यटकले नेपालमा माउन्टेन फ्लाइट गरेका छन् ।
शनिवार भारतको एकप्स सिस्टम इन्डिया प्रा.लि.का ८० कर्मचारीले २ वटा विमान चार्टर्ड गरेर माउन्टेन फ्लाइट गरेका हुन् ।
काठमाडौँको ह्यात होटेलमा तीन दिने कर्पोरेट कन्फ्रेन्समा सहभागी हुन भारत तथा युएईमा रहेको एकप्सको विभिन्न कार्यालयबाट आएका भारतीय नागरिकहरूले माउन्टेन फ्लाइट गरेका हुन् ।
उनीहरूले यती एयरलाइन्सको एटीआर ७२ विमान चाटर्ड गरेका थिए । उनीहरूले सगरमाथासहितका क्षेत्रको फ्लाइट गरेका थिए ।