logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   06:12 AM

  • फूलहरूले ढकमक्क सजिएको वसन्त (फोटो फिचर)

    फूलहरूले ढकमक्क सजिएको वसन्त (फोटो फिचर)


    एन्जिला क्षेत्री

    सोमबार, १० बैशाख २०८१


    काठमाडौँ । वसन्त ऋतुमा ढकमक्क फूलहरू फुलेका छन् । काठमाडौँको धोवीखोला पनि फूलहरूले सजिएको छ ।

    अघिपछि खोला आसपास हिँड्नै नसकिने गरी दुर्गन्ध फैलिएको हुन्छ तर अहिले धोकिखोला फूलहरूले सजिएको छ ।

    काठमाडौँ उपत्यकाको मध्य भाग भएर बग्ने धोवीखोला काठमाडौँ महानगरपालिकाले सरसफाइ गरेपछि चिटिक्क परेको छ ।

    धोवीखोला अन्तर्गत कालो पुल र रातो पुलका बिचमा फूलहरू फुलेर ढकमक्क भएका छन् ।

    बाटोमा हिँड्ने जो कोही पनि टक्क रोकिएर फुलिरहेका फूल हेर्दै फोटो र भिडियो खिच्दै गरेको भेटिन्छन् । यो बाटो भएर हिँड्दा बाटोका फूलहरूले मन आनन्दित बनाउने पनि बटुवाहरू बताउँछन् ।

    हेर्नुहोस् फेटोहरु :

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend