logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:25 AM

  • आज पनि फेवातालमा डुङ्गा दुर्घटना, सशस्त्र प्रहरीद्वारा ५ जनाको सकुशल उद्धार

    आज पनि फेवातालमा डुङ्गा दुर्घटना, सशस्त्र प्रहरीद्वारा ५ जनाको सकुशल उद्धार


    पर्यटन नेपाल

    मंगलबार, ११ बैशाख २०८१


    कास्की । फेवातालमा डुङ्गा दुर्घटनामा परेका छ ।

    मङ्गलवार (आज) दिउँसो अचानक आएको हावाहुरीको कारण डबल प्याडल बोटमा बोटिङ गरिरहेको डुङ्गा दुर्घटनामा परेपछि सशस्त्र प्रहरीको टोलीले उद्धार गरेको हो । सशस्त्र प्रहरीले दुर्घटनामा परेका पाँच जनाको सकुशल उद्धार गरेको छ ।

    ८ वर्षिया रजिना खातुन, ३० वर्षीय विक्रम मिकरानी, २६ वर्षिया आशिफा भानु, ५४ वर्षिया अनैजा दिल शाह र करिब डेढ वर्षिया मिरा रानी फेवाताल नजिकै रहेको माछा पालन केन्द्रको जालमा अड्किएका थिए । उनीहरूको प्रहरीले सकुशल उद्धार गरेको हो ।

    यसअघि चैत्र २५ र २९  गते पनि फेवातालमा अचानक आएको हावाहुरीका कारण डुङ्गा पल्टिएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend