काठमाडौँ । कतारका राजा शेख तमिम बिन हमाद अल थानीको सवारीले काठमाडौँ उपत्यकाको यातायात अस्तव्यस्त भएको छ ।
राजा शेख राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा दुई दिने नेपाल भ्रमणमा रहेका छन् । उनी आज अपराह्न स्वदेश फर्किने कार्यक्रम रहेको छ ।
कतारी राजाको कारगेड हिंड्ने रुटमा अन्य सवारी साधनलाई प्रवेश दिइएको छैन ।
यसले गर्दा काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको हो ।