काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कतारका राजा अमिर शेख तमिम विन हमाद अल थानीबीच भेटवार्ता भएको छ ।
काठमाडौँको होटल सोल्टीमा प्रचण्ड र थानीबीच भेटवार्ता भएको हो ।
उनीहरूबीच अहिले वा टु वान भेटवार्ता भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । वान टु वान भेटवार्तापछि दुई देशको प्रतिनिधिमण्डल स्तरीय वार्ता हुनेछ ।
त्यसक्रममा विभिन्न सम्झौता र समझदारीमा हस्ताक्षर हुने बताइएको छ ।
प्रधानमन्त्री प्रचण्डले आज दिउँसो कतारी अमिरको सम्मानमा होटल द्वारिकाजमा दिवा भोजको आयोजना गरेका छन् ।