काठमाडौँ । अहिले सङ्घीय राजधानी ज्याकाराण्डा फूलले रङ्गिएको छ । काठमाडौँका मुख्य सडकहरूमा ज्याकाराण्डा फूल ढकमक्क फुल्दा राजधानीमा साैन्दर्यता छाएकाे छ ।

काठमाडौँ दरबारमार्ग, सुन्धारा, रत्नपार्क कमलपोखरी लगायतका सडक छेउछाउमा फूलेको ज्याकाराण्डाले सङ्घीय राजधानीमा सुन्दरता भरेको हो ।
मानिसहरू छुट्टीको समयमा सो फूल फूलेको ठाउँमा गएर समय व्यतीत गर्ने गर्छन् । सो ठाउँमा जाँदा मन आनन्दित हुने आन्तरिक पर्यटकहरू बताउँछन् ।
ज्याकाराण्डा मध्य चैतदेखि वैशाखसम्म फूल्छ । जसले गर्दा उक्त समय काठमाडौँ सिँगारिएको हुन्छ ।






प्रतिक्रिया दिनुहोस्
सम्बन्धित