काठमाडौँ । सिम्रिक एयरको हेलिकप्टर धुलिखेलमा आकस्मिक अवतरण गरिएकाे छ ।
सोमबार (आज) बिहान काठमाडौँबाट लुक्ला उडेको नाइनएन एकेडी हेलिकप्टर इण्डिकेटरमा ढोका नलागेको संकेत देखिएपछि धुलिखेलमा अवतरण गरिएको हो ।
अहिले ढोका सही तरिकाले लगाएपछि हेलिकप्टर पुनः लुक्ला उडेको छ ।