logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   06:59 AM

  • पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित गर्ल्स राइडरहरूकाे रिङरोड राइड सम्पन्न

    पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित गर्ल्स राइडरहरूकाे रिङरोड राइड सम्पन्न


    एन्जिला क्षेत्री

    आइतबार, २३ बैशाख २०८१


    काठमाडौँ । दुई पाङ्ग्रे क्वीन्सको आयोजनामा ‘मोटोगर्ल्स टु द रिङरोड’ सम्पन्न भएको छ ।

    हिजो शनिबार नेपाल पर्यटन बोर्डबाट सुरु भएको राइड चक्रपथ परिक्रमा गरेर सोरखुट्टेस्थित सेभेन ह्विलर्स रेस्ट्रोमा पुगेर सकिएको हो ।

    १८ औँ इन्टरनेशनल फिमेल राइड डे को अवसर पारेर संस्कृतको संरक्षण र पर्यटन प्रवद्र्धन गर्ने नारासहित मोटोगर्ल्स टु रिङरोड राइड आयोजना गरिएको थियो ।

    नेपाल पर्वतारोहण संघका महासचिव मोहन लम्साल र पर्यटन बोर्डकी म्यानेजर श्रदा श्रेष्ठले फ्ल्याग अफ गरेर राइड उद्घाटन गरेका थिए ।

    राइडमा प्रोफेसनल राइडर देखि नर्स, खेलाडी, कलाकार लगायत विभिन्न पेशामा आवद्द लेडी राइडरहरु उपस्थिती थिए ।

    अठोट नेपाल सहआयोजकको रुपमा रहेको कार्यक्रममा नेपाल पर्यटन बोर्ड, एका कुम्बुचा, सेभेन ह्विलर्स रेस्ट्रो र प्युयोर एजुकेसन सोलुसन सहयोगी थिए ।

    अठोट नेपालका प्रमुख देवेन्द्र शाही ठकुरीले आफूले सोचेको भन्दा राम्रो कार्यक्रम भएको भन्दै लेडी राइडरहरुको प्रशंसा गरे । उनले भने, ‘सुरुमा कति जना आउनुहोला भनेर कौतुहलता थियो । धेरै संख्यामा आउनुभयो । राइडरहरु सारी लगाएर चक्रपथमा राइड गर्दा एकदमै राम्रो देखियो ।’

    अटोट नेपाल पर्यटन, संस्कृति, शिक्षा र स्वास्थय जस्ता क्षेत्रमा काम गरिरहेको र दुई पाङ्ग्रे क्विन्ससँग मिलेर आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने अठोट नेपालका प्रमुख ठकुरीले बताए ।

    गत वर्ष ‘मोटोगर्ल्स टु सिन्धुलीगढी’ राइड कार्यक्रम आयोजना गरिएको र यो त्यसैको निरन्तरता भएको दुईपाङ्ग्रे क्विन्सकी प्रमुख तुलसा पहाडीले बताइन् ।

    दुई पाङ्ग्रे क्विन्स गत वर्ष स्थापना भएको थियो ।

    तस्वीर : दुई पाङ्ग्रे क्वीन्स/ उकेश लखाजु

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend