काठमाडौँ । आज काठमाडाैँमा हल्का वर्षा भएकाे छ । स्थानीय वायु सक्रिय बन्दा काठमाडौँ उपत्यकामा हल्का वर्षा भएको हाे ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार साँझबाट काठमाडौँका विभिन्न क्षेत्रमा वर्षा भइरहेको छ । तर, उपत्यकाभरका सबै ठाउँमा भने वर्षा भएको देखिँदैन ।
महाशाखाका अनुसार काठमाडौँमा २३ दिनपछि वर्षा भएको हो ।